महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर उद्घाटन

महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर उद्घाटन

धरान । धरान उपमहानगरपालिका १० स्थित महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर मिति २०७८/१२/१० गते नेपाल बैंक लिमिटेड संचालक समिति सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि डा.सावित्रि रंजित श्रेष्ठ र महेन्द्र बहुमुखीका क्याम्पसका प्रमुख दामोदर भण्डारीले संयुक्त रुपमा विधिवत उद्घाटन गर्नुभएको छ ।

सो कार्यक्रममा नेपाल बैंक लिमिटेड प्रदेश नं १ कार्यालय प्रमुख सूर्य प्रकाश भट्ट, सिटी अफिस विराटनगरका शाखा प्रबन्धक डम्बर बहादुर भण्डारी र ईटहरी शाखाका शाखा प्रबन्धक योगेश भट्टराई, धरान शाखा प्रबन्धक प्रवेश अधिकारी, शाखाका कर्मचारी, क्याम्पसका प्राध्यापक, कर्मचारी, विद्यार्थी संगठनका प्रतिनिधि, र पत्रकार हरुको उत्साहपूणर् सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा संचालक समिति सदस्य डा. सावित्री रंजित श्रेष्ठले आफ्नो मन्तब्य राख्ने क्रममा नेपाल बैंक लि. मा हाल भएका यूवा जनशक्तिबाट बैंकको सेवा प्रवाहमा व्यापक सुधार भएको र आगामी दिनहरुमा बैंकले प्रवाह गरेका सेवाको गुणस्तरमा अभिवृद्धि गरि एउटा अव्वल बैंकका रुपमा स्थापित गर्दै जाने र नेपाल बैंकलाई क्याम्पसले विश्वास गरि थप सेवा गर्ने मौका दिनुभएकोमा क्याम्पसलाई विशेष धन्यवाद दिनुभयो । आफ्नो मन्तब्य राख्ने क्रममा प्रदेश प्रमुख सूर्य प्रकाश भट्टले नेपाल बैंकले करिब ६२ वर्षदेखि क्याम्पसलाई विविध सेवा दिदै आएकोमा हाल बैंक मार्फत संचालित विद्यार्थी लक्षित, प्राध्यापक/कर्मचारी लक्षित कार्यक्रम व्यापक रुपमा संचालन गरी वित्तिय साक्षरता मार्फत विद्यार्थी भाईबहिनीहरुको बैकिङ्ग ज्ञान तथा क्षमता अभिवृद्धि गर्दै जाने तथा प्राध्यापक / कर्मचारीका लागि बैंकले पेशागत तथा अन्य सुलभ कर्जा/सुविधा समेत व्यवस्था गरेको जानकारी गराउँदै बैंकको समग्र सेवा प्रवाहलाई अझ चुस्त बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

यसै क्रममा क्याम्पस प्रमुख दामोदर भण्डारीले काउन्टर संचालन भएकोमा धन्यवाद दिदैं बैंकको सेवा प्रवाह उच्चस्तरिय रहेको र बैंकले प्रस्ताव गरेका विभिन्न डिजिटल लगायत प्रडक्ट क्याम्पसले प्रयोग गरि लाभान्वित भएको कुरा व्यक्त गर्नुभएको थियो । सो क्रममा सि.अ विराटनगरका शाखा प्रबन्धक डम्बर बहादुर भण्डारी र धरान शाखा प्रबन्धक प्रवेश अधिकारीले समेत आफ्नो मन्तब्य राख्नुभएको थियो ।

यस महेन्द्र बहुमुखी क्याम्पसको स्थापना वि.स २०१२ सालमा भएको र हाल विभिन्न संकाय र तहमा हाल करिव ५५०० विद्यार्थी अध्ययनरत रहेका छन् । नेपाल बैंक लिमिटेड धरान शाखा वि.स २०१५ सालमा स्थापना भएको बैंक को १६ औँ शाखा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्