विराटनगरको कोशी अस्पताल र विभिन्न वृद्धाश्रमलाई स्वास्थ्य उपकरण हस्तान्तरण

विराटनगरको कोशी अस्पताल र विभिन्न वृद्धाश्रमलाई स्वास्थ्य उपकरण हस्तान्तरण

विराटनगर । जोशिला निर्माण सेवाका संस्थापक शम्भु राज जोशीको तेस्रो पुण्यतिथिको अवसरमा उनको परिवारले विराटनगरका विभिन्न अस्पताल र सेवा आश्रमहरुलाई आवश्यक स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ ।

उनको परिवारको तर्फबाट श्रीमती रेणु जोशी, छोरा विनायक राज जोशी तथा छोरीहरु शर्मिला जोशी बिष्ट र प्रमिला जोशी पन्तले सो सामाग्री हस्तान्तरण गरेका हुन् । उनीहरुले विराटनगरस्थित कोशी अस्पताललाई ११ थान व्हील चेयर, पाथिभारा माता मन्दिर, विराटेश्वर वृद्धाश्रम तथा मानव सेवा आश्रमलाइ एक-एक थान व्हिल चेयर तथा सेवाग्राहीहरुका निम्ति एक दिनको खाजा-खानाको लागि आवश्यक सहयोग गरेका छन् ।

५ दशकअघि विराटनगर बसाई सरेका निर्माण व्यावसायी जोशी विराटनगरको व्यावसायिक निर्माण क्षेत्रको विकासमा सुरुवाती चरणदेखि नै योगदान गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्