उर्लाबारी । लक्ष्मी बैंक उर्लाबारी शाखाले रेमिट्यान्सको प्राप्तिसँगै कर्जा सुविधाका बारेमा घर दैलो कार्यक्रम गरेको छ ।
शनिबार उर्लाबारी वडा नं. १ मा घरदैलो कार्यक्रम गरेको हो । केही महिनाअघि मात्र उर्लाबारीमा शाखा कार्यालय स्थापना भएको सो बैंकले सहज रुपमा सेवाग्राहीहरुलाई सेवा प्रदान गरिरहेको बैंकका उर्लाबारी शाखा प्रमुख युवराज कोइरालाले जानकारी दिनुभयो । घरदैलोमा पुगेका बैंकका कर्मचारीहरुले खातासमेत निःशुल्क रुपमा खोलिदिएका छन् । हालसम्म उर्लाबारी शाखामा १ हजार भन्दा बढीे खाता खोलिसकेको प्रमुख कोइरालाको भनाई छ । बैंकले सहज रुपमा सेवाग्राहीहरुलाई सेवा दिन प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
बैंकले निरन्तर रुपमा घरदैलो कार्यक्रम गरेर रेमिट्यान्सको प्राप्तिसँगै कर्जा सुविधा बारेमा जानकारी गराउने उहाँले जानकारी दिनुभयो ।