अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमका लागि बजेट प्रस्तुत

अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमका लागि बजेट प्रस्तुत

उर्लाबारी । अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत स्थानीय तहहरुमा सञ्चालन हुने क्रियाकलापहरूको विवरण र अनुमानित बजेट प्रस्तुत गरिएको छ ।

उर्लाबारी नगरपालिकाको सभाहलमा शनिबार भएको वार्षिक योजना निर्माण सम्बन्धी एक दिने कार्यशालामा करिब ३५ लाख बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको छ। कार्यक्रममा करूणा फाउन्डेसन कार्यक्रम अधिकृत सुरज सरदारले अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो ।

अपाङ्गता रोकथाम तथा पुनःस्थापनाका लागि सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १,करुणा फाउन्डेसन र उर्लाबारी नगरपालिकाको त्रिपक्षीय साझेदारीमा कार्यक्रम सञ्चालन भइरहेको उर्लाबारी नगरपालिका महिला बालबालिका जेष्ठ नागरिक तथा सामाजिक विकास शाखा प्रमुख चन्द्रकला सुब्बाले बताउनुभयो।
कार्यक्रम अपाङ्गता रोकथाम तथा पुनस्थापन व्यवस्थापन समिति संयोजक उर्लाबारी नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख तोयानाथ घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्