झोराहाटमा साहित्य मासिक शृंखलामा चार कवि प्रस्तुत

झोराहाटमा साहित्य मासिक शृंखलामा चार कवि प्रस्तुत

विराटनगर । झोराहाट नाट्य समूहको मासिक साहित्यिक शृंखलामा चार जना कवि प्रस्तुत भएका छन् ।

हरेक महिनाको दोस्रो शनिबार आयोजना हुँदै आएको ‘झोराहाटमा साहित्य’ शृंखलाअन्तर्गत आज मोरङ र सुनसरीका चारजना कविले आफ्ना चार-चारवटा कविता प्रस्तुत गरेका थिए । कार्यक्रममा कवि रामबाबु दाहालले ‘म आल्हादित छु’, ‘स्वप्निल मन’, ‘मौनताको आधार शिविरबाट’ र ‘ए कविज्यू के हो कविता ?’ शीर्षकको कविता वाचन गर्दा सुनसरीकी कवि मीना श्रेष्ठले ‘भत्किएको सम्बन्ध’, ‘आइमाई बस्ने घर’, ‘सपना र जीवन’, ‘फरगेट एस्र्टडे’ शीर्षकको कविता सुनाए । त्यसैगरी पत्रकारसमेत रहेका कवि मीनकुमार नवोदितले ‘गाउँ सम्झेर गाउँ’, ‘विस्मृति’, ‘बाको झोला’ र ‘छुटी जानेहरु’ शीर्षकको कविता वाचन गरेका थिए ।

त्यस्तै इटहरीका कवि विवेक विवश रेग्मीले ‘जुत्ता’, ‘दुधिलोको रुख’, ‘चस्मा’, र ‘केटाकेटीहरु’ शीर्षकको कविता सुनाए । कार्यक्रममा २०७८ मा कृति प्रकाशित गर्ने स्रष्टाहरुलाई समेत झोराहाट नाट्य समूहले सम्मान गरेको थियो । उनीहरुलाई आयोजक संस्थाका अध्यक्ष भरत गुरागाई ‘बर्बरिक’, कवि तथा पत्रकार राजन न्यौपाने, समाजसेवी छत्र काफ्लेलगायतले खादा ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

कोरोनाका कारण लामो समय स्थगित भएको ‘झोराहाटमा साहित्य’ मासिक शृंखलालाई अब निरन्तरता दिइने नाट्य समूहका अध्यक्ष गुरागाईंले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्