याक्खा समुदायले विराटनगरमा पहिलो पटक प्रदर्शन गरे डोकेनी नाच

याक्खा समुदायले विराटनगरमा पहिलो पटक प्रदर्शन गरे डोकेनी नाच

विराटनगर । विराटनगरमा बसोबास गर्ने याक्खा समुदायले आफ्नो मौलिक नृत्य डोकेनी नाच विराटनगरमा पहिलो पटक प्रदर्शन गरेका छन् ।

भानु कलाकेन्द्रले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा विराटनगरमा पहिलोपटक याक्खा जातिको डोकेनी नाच प्रस्तुत गरेको हो । किराँत याक्खा छुम्मा महानगर कमिटिको आयोजनामा सो नृत्य प्रस्तुत गरिएको हुन् । कार्यक्रमकाबीच लिना जिमी याक्खा र बालिका याक्खा सहितको कलाकारहरुको टिमले सो नाच प्रस्तुत गरेका थिए ।

यो नाच तिहारको लक्ष्मीपुजाको दिन नाच्ने चलन रहेको किराँत याक्खा छुम्मा महानगर की अध्यक्ष बिनादेवी जिमि याक्खाले बताउनुभयो । यो नाच महिलाहरुले मात्र नाच्ने नाचका रुपमा रहेको उहाँले बताउनुभयो । यो नाच नाच्ने प्रमुख दुइ कलाकार मध्ये एकजना महिला लुगाले ढाकिएको डोको ओढेर तथा अर्को महिला जोकरको भुमिकामा प्रस्तुत हुन्छन । डोको ओढने महिलाको टाउको माथि महिलाको आकृति भएको मुकुण्डो राखिएको हुन्छ । नाचको क्रममा डोको ओढने महिलाले नाच्ने र जोकरको भुमिकामा रहने अर्को महिलाले उसलाई जिस्क्याउने गरिन्छ ।

याक्खा जातिको अन्य नृत्यहरु महानगरमा हुने कार्यक्रमहरुमा प्रस्तुत गर्ने गरिएपनि निकै पहल र प्रयासपछि मात्र विराटनगरमा पहिलो पटक डोकेनी नृत्य प्रस्तुत गर्न सफल भएको महानगर सचिव एवम पत्रकार प्रेम देवानले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्