विराटनगर । विश्व छारेरोग दिवसको अवसर पारेर विराटनगरमा रहेको न्यूरो अस्पतालले सचेतनामुलक र्याली निकालेको छ ।
छारे रोग न्यूनीकरण गर्ने उद्देश्यले अस्पतालले शनिबार विहान सचेतनामुलक ¥याली निकालेको हो । न्यूरो अस्पताल परिसरबाट निकालिएको र्याली हस्पिटलचोक, शहिद रंगशाला, जिल्ला प्रशासन चौकबाट मेनरोड, सन्सारीमाई स्थान हुँदै नगरक्षेत्र परिक्रमा गरी अस्पताल परिसरमै पुगेर समापन भएको थियो ।
प्रभातफेरीका सहभागीले ‘रातो भाले र कालो परेवा चढाएर छारे रोग निको हुँदैन’, ‘छारे रोग देवीदेउता रिसाएर लाग्ने रोग होईन’ र ‘औषधि सेवन गरे छारे रोग निको हुन्छ’ लगायतका नारा लेखिएका सचेतनामूलक प्लेकार्ड बोकेका थिए । प्रभातफेरीमा न्यूरो हेल्थ कलेजका विद्यार्थीहरुका साथै न्यूरो अस्पतालका चिकित्सक, कर्मचारी तथा स्वास्थ्यकर्मीहरु सहभागी थिए ।
छारे रोग न्यूनीकरण गर्ने उद्देश्यले न्यूरो अस्पतालले चैत १३ देखि १८ गतेसम्मका लागि छारे रोग सम्बन्धि निः शुल्क ओपिडि सेवा समेत संचालन गरेको अस्पतालका आउट रिच विभागका कार्यक्रम संयोजक भारत श्रेष्ठले जानकारी दिए । निः शुल्क ओपिडिमा अस्पतालका न्यूरोलोजिष्ट डा. विष्टसहित, न्यूरो सर्जन डाक्टर यामबहादुर रोक्का र न्यूरो साईक्याट्रिक डाक्टर रंजन थापाले उपचार सेवा दिदै आएका छन् ।