नेपालको चर्चित ‘द एज ब्याण्ड’ को विराटनगरमा लाईभ कन्र्सट

नेपालको चर्चित ‘द एज ब्याण्ड’ को विराटनगरमा लाईभ कन्र्सट

विराटनगर । नेपालको चर्चित ‘द एज ब्याण्ड’ को विराटनगरमा लाईभ कन्र्सट विराटनगरमा हुने भएको छ ।

नयाँ वर्षलाई लक्षित गर्दै यही चैत १९ गते विराटनगरको एयरपोर्ट मोडस्थित तृष्ण रेष्टुरेन्टमा ‘द एज ब्याण्ड’ को कन्र्सट हुने भएको हो ।


श्रष्टा नेपाल र सोलिस इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा द एज बेण्डको कन्र्सटको तयारी तिब्र बनाएको शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

‘द एज ब्याण्ड’ को विराटनगरमा लामो समयपछि कन्र्सट हुन लागेको कार्यक्रम संयोजक साजिद आलमले जानकारी दिए ।‘कोभिड १९ को कारणले विराटनगरमा साँगीतिक कार्यक्रम हुन सकेको थिएन । अहिले जनजीवन सामान्य भएपछि चर्चित ब्याण्डलाई ल्याएर कन्टर्स गर्न लागेको हो,’ कार्यक्रम संयोजक आलमले भने, ‘विराटनगरमा हुने यो कार्यक्रमम सम्भ र भव्य हुनेछ ।’

‘द एज ब्याण्ड’को ‘न चाहेको होइन...., सम्झीने मुटुहरु लगायतका चर्चित गीतहरू युवाहरूको ढुकढुकीमा बस्न सफल भएको छ । ‘अहिलेको युवापुस्ताहरूको रोजाइमा परेको ब्याण्डलाई ल्याएर कन्र्सट गर्न लागेको हो,’ उनले भने, ‘यस कार्यक्रममा विराटनगरसहित पूर्वका संगीतप्रेमि महानुभावहरूको सहभागिता रहनेछ ।’ उक्त लाईभ कन्र्सटको मिडिया पाट्नरकाे रुपमा आवर विराटनगर रहेको छ।

कन्र्सटमा ३ सय देखि ३ सय ५० जनाको सहभागिता रहने आयोजकले अपेक्षा राखेको छ । कन्टर्समा २ हजार रुपैयाँ टिकट रहेको छ । कार्यक्रम सम्पन्न गर्न १७ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्