नेपाल जनस्वास्थ्य संघ प्रदेश एकको नव निर्वाचित कार्य समितिको जिम्मेवारी हस्तान्तरण

नेपाल जनस्वास्थ्य संघ प्रदेश एकको नव निर्वाचित कार्य समितिको जिम्मेवारी हस्तान्तरण

विराटनगर । प्रदेश एक पहिलो स्वास्थ्य मन्त्रि जयराम यादव ज्युको प्रमुख आतिथियामा नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा नेपाल जनस्वास्थ्य संघ प्रदेश एकको निर्विरोध निर्वाचित नयाँ कार्य समितिको जिम्मेबारी हस्तान्तरण कार्यक्रम २०७८/१२/१२ गते सम्पन्न भएको छ ।

कार्यक्रम बोल्दै मन्त्रि ज्युले निर्विरोध छनोट हुनु भएको पदाधिकारीलाई धन्यबाद ज्ञापन गर्नुको साथै यो संस्कार राजनीतिकदलमा पनि बिकास हुनपर्ने मान्यता राख्नु भयो । कोहि पदको लागि लडीरहँदा जनस्वास्थ्यकर्मी सहमतिमै पद र जिम्मेबारि लिदा खुसि लागेको बताउनु भयो । प्रदेश एक स्वास्थ्य निर्देशनालय प्रमुख एवम् निर्वाचन समिति अध्यक्ष ज्ञान बहादुर बस्नेतले नया कार्य समितिले जनस्वास्थ्य क्षेत्रको मुद्दालाई पहिचान गरि समस्या समाधानको लागि बहस एवम् पैरवी गर्नु आवश्यक रहेको बताउनु भयो ।

यहि कार्यक्रममा प्रदेश तालिम केन्द्र निर्देशक रोहित पाण्डे , जनस्वास्थ्य बिग्य डा.नबराज सुबाले आफ्नो मन्तब्य राख्दै पेशागत हकहितको लागी हामी एकजुट हुने पर्ने बताउनु भयो । यो कार्क्रममा जनस्वास्थ्य निग्य डा.नबराज सुबा , जनस्वास्थ्य बिज्ञ रामधन मेहता , बि फम परिवार , जनस्वास्थ्य कर्मी एवम् पुर्व नेफा केन्द्रिय सदस्य कैलाश खाकी श्रेष्ठलाई सम्मान गरेको थियो ।

नयाँकार्य समितिमा स्वास्थ्य मन्त्रालय महासखा प्रमुख सागर प्रसाई अध्यक्ष , उपाध्यक्षमा ब्रजेश मेहता , सचिबमा कोशी हेल्थ साइन्स विराटनगरका जनस्वाथ्य संकायका उपप्राध्यापक सुर्य नारायण चौधरी , सह सचिबमा प्रविन यादव , कोषाध्यक्षमा देबेन्द्र भटराई , सदस्यहरुमा क्रिशनप्रसाद बजगाई ,राजेन्द्र कुइकेल , गजेन्द्र यादब , धिरेन्द्र खडका , संगीता अधिकारि ,र लबी सक्या छनोट भएको छ ।

नव निर्वाचित अध्यक्षले सहमति र सहकार्यमा कार्यक्रमहरु गरि सम्पूर्ण जनस्वास्थ्यकर्मीलाई एकबद्ध गरि लाने प्रतिवद्धता व्यक्त गर्नु भयो । २०७२ सालमा जनस्वास्थ्य मोरंगको जिल्ला सचिवको रुपमा कार्य गरि , सहमतिको लागि यो भन्दा आगाडी चुनाबमा कुनै पद नलिई सहयोग गर्दा सम्पूर्ण साथीहरुले यस पटक सचिव बसी कार्य गर्न जिम्मेबारी दिएकोमा सुर्य नारायण चौधरीले सम्पूर्णमा आभार व्यक्त गरे ।

नयाँ कार्य समितिको जिम्मेबारी हस्तान्तरण कार्यक्रमको अध्यक्षता जनस्वास्थ्य संघ प्रदेश एकको अध्यक्ष अनिल देवले गरेका थिए । उक्त कार्यक्रममा आफुले गरेका कार्यको प्रतिबेदन अनिल देवले प्रस्तुत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्