धार्मिक आस्थाका आधारमा विभेद गर्नुहुँदैन : मन्त्री कार्की

<span class='c1'>धार्मिक आस्थाका आधारमा विभेद</span> <span class='c2'>गर्नुहुँदैन : मन्त्री कार्की</span>

इनरुवा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धार्मिक आस्थाका अधारमा कसैमाथि विभेद गर्न नहुनेमा जोड दिनुभएको छ ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ मा निर्माणाधिन महर्षिमेही सन्तमत मन्दिर आज शिलान्यास गर्दै उहाँले समाजमा अनेक धर्म र जातजातिको बसोबास रहेकाले कसैमाथि विभेद गर्न नहुनेमा जोड दिनुभएको हो ।

समाजमा विभिन्न धर्मालम्बीहरुको बसोबास भएकाले मन्दिरका कारण भेदभाव नगरी समाजिक सद्भाव कायम गर्नु आवश्यक रहेको उल्लेख गर्दै मन्त्री कार्कीले धर्मका नाममा कृतिमरुपले अनेक किसिमका विवाद सिर्जना गरिए पनि आखिर मानव जातिको एउटै लक्ष्य सुःख शान्ति र मृत्युपछि मोक्ष प्राप्ति नै रहेकाले विभेदको औचित्य नभएको बताउनुभयो । कार्यक्रममा कोसी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारी, भोक्राहा नरसिंह–२ का वडाध्यक्ष आलम अन्सारी, ४ का वडाध्यक्ष हारुन अन्सारी र कांग्रेसका गाउँस्तरीय सभापति युवराज दाहाललगायतको सहभागिता थियो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्