उदयपुरमा आगलागि हुँदा ८ घर जली नष्ट १ महिलाको मृत्यु

उदयपुरमा आगलागि हुँदा ८ घर जली नष्ट १ महिलाको मृत्यु

विराटनगर । उदयपुरको उदयपुरगढी गाउँपालिका-१ स्थितमा आगोलागिबाट ८ घर जली नष्ट भएको छ भने १ जना महिला आगोमा परी जली मृत्यु भएकि छन् ।

आईतबार बेलुका करिब ४ बजे गौर बहादुर मगरको ढुङ्गा माटोले बनेको फुसको छानो भएको २ तले घरमा बिधुत सर्ट भई आगो लागि हुँदा हिडडुल गर्न नसक्ने गौर बहादुर मगरको ६६ बर्षीया श्रीमती शिवमाया मगरको आगोमा परी जली मृत्यु भएको हो । उक्त आगो फैलिई नजिकै रहेको शेर बहादुर मगर, भैरव मगर, यम्बर बहादुर मगर, मनमाया मगर, पदम बहादुर मगर, दिप बहादुर मगर र धन माया मगर समेतको घर आगलागिबाट जली नष्ट भएको हो ।

आगलागिबाट बाख्रापाठा ५१ वटा, सुँगुर ४ वटा समेत आगोमा जली मृत्यु भएको छ । आगो स्थानिय र प्रहरीको सहयोगमा राती करिब ८:३० बजे नियन्त्रण गरिएको हो भने आगलागिबाट अन्दाजी रु.१ करोड २१ लाख बरावरको क्षेति भएको र आगोलागिको घटना बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्