मोरङको कुन स्थानीय तहमा कति थपिए मतदाता

<span class='c1'>मोरङको कुन स्थानीय तहमा</span> <span class='c2'>कति थपिए मतदाता</span>

विराटनगर । मोरङमा एकलाख ४१ हजार ७२४ जना नयाँ मतदाता थपिएका छन् ।

देशभरमा ७७ जिल्लामध्ये सबैभन्दा धेरै मतदाता रहेको मोरङमा मतदाता संख्या ७ लाख १५ हजार २२३ जना पुगेको हो । जिल्लाका १७ स्थानीय तहमध्ये विराटनगर महानगरपालिकामा सबैभन्दा बढी संख्या एक लाख ३३ हजार १४२ मतदाता पुगेका छन् । यो २०७४ साल भन्दा १९ हजार ३८१ बढी संख्या हो । यसैगरी सुन्दरहरैंचाको मतदाता संख्या ७१ हजार ७५६ रहेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा ५४ हजार ३७२ जना रहेको थियो । केराबारी गाउँपालिकामा २३ हजार ९९० जना रहेका छन् । जिल्लामा सबैभन्दा कम मतदाता रहेको केराबारीमा २०७४ सालमा १७ हजार ९८९ जना रहेको थियो ।
यसैगरी उर्लाबारीमा ९ हजार ९८४ नयाँ मतदाता थपिएसँगै ४४ हजार १७२ पुगेको छ । कटहरी गाउँपालिकामा २६ हजार ६३, कानेपोखरीमा ३४ हजार ४५ जना रहेका छन् । तथ्यांक अनुसार कटहरीमा ४ हजार ६३३ र कानेपोखरीमा ८ हजार ९८९ जना नयाँ मतदाता थपिएका हुन् ।

मोरङको ग्रामथान गाउँपालिकामा ४ हजार ६३६ थपिएका मतदातासहित २५ हजार ९४२ जना पुगेका छन् । जहदा गाउँपालिकामा ४ हजार २४८ थपिएकासहित २५ हजार ७१५ जना पुगेका छन् । धनपालथानमा २५ हजजार ७७६ जना पुगेका छन् । धनपालथानमा ४ हजार ४५६ जना नयाँ थप भएका हुन्।
मोरङको पथरी शनिश्चरेमा १० हजार ४८० नयाँ थप भएकासहित ५१ ह्जार ३३० जना मतदाता पुगेका छन् । बुढीगंगा गाउँपालिकामा २८ हजार १५९ जना पुगेका छन् । यस पालिकामा ५ हजार २०७ जना नयाँ थप भएका छन् । बेलबारी नगरपालिकामा ५७ हजार २०९ जना पुगेका छन् । नयाँ १४ हजार २१० जना थपिएका हुन् । मिक्लाजुङ गाउँपालिकामा ५ हजार ९२५ जना नयाँसहित २४ हजार ९३ जना पुगेका छन् । रंगेली नगरपालिकामा ६ हजार १८६ नयाँसहित ३७ हजार ९३ जना पुगका छन् । रतुवामाई नगरपालिकामा ४३ हजार ५७४ जना मतदाता पुगेका छन् । यस पालिकामा ७ हजार ३६७ जना नयाँ थप भएका हुन् । मोरङको लेटाङ नगरपालिकामा २८ हजार ४२१ जना पुगेका छन् । ७ हजार २२८ जना नयाँ थप भएका हुन् । सुनवर्षी नगरपालिकामा ३४ हजार ५४९ जना मतदातामध्ये ५ हजार ६३५ नयाँ थप भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्