लेटाङमा प्रहरी हत्या आरोपमा २० जना पक्राउ

लेटाङमा प्रहरी हत्या आरोपमा २० जना पक्राउ

विराटनगर । मोरङको लेटाङमा यौन दुव्र्यवहार आरोप लागेका शिक्षक पक्राउ गर्न गएको बेला प्रहरीको हत्या गरेको आरोपमा पक्राउ पर्नेको संख्या २० जना पुगेको छ । विभिन्न प्रक्रियाबाट गरिएको अनुसन्धानबाट घटनामा संलग्न रहेको खुल्न आएका २० जनालाई मोरङ प्रहरीले पक्राउ गरि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेको हो ।

पहिलो चरणमा ९ र थप ११ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । चैत ६ गते मोरङको लेटाङमा भीडले प्रहरी जवान २६ वर्षिय उर्मिला श्रेष्ठलाई नियन्त्रणमा लिएर हत्या गरेको थियो । घटनामा संलग्न भएको लेटाङ नगरपालिका ५ का ४८ वर्षीय चन्द्र तामाङ भन्ने चन्द्र कान्ता लामा, सोही ठाउँका २५ वर्षीय रविन राई, २० वर्षीय रविन तामाङ, ६ का १८ वर्षीय बलराम भन्ने पालाराम राई, सोही वडाका १८ वर्षीय राम राई, १८ वर्षीय सन्तोष पौडेल, २० वर्षीय हिमाल श्रेष्ठ, लेटाङ ५ का २३ वर्षीय प्रदिप राई, सोही वडाकी १८ वर्षीय निशा पुलामी मगर, १८ वर्षीय सुरज अधिकारी, १९ वर्षीय संंजय मगर रहेका छन् ।

यसैगरी मिक्लाजुङ्ग गाउँपालिका २ घर भइ लेटाङ ५ का २० वर्षीय कृष्ण विक, लेटाङ ५ का संजीव प्रधान, प्रनिस कट्टेल, झविन भन्ने जस्वीन पाख्रिन, सुनिल लिम्बू, प्रलाद खड्का, अर्पण परियार, पासाङ तामाङ र लेटाङ ६ का श्रवण यादवलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान गर्दै हत्यामा संलग्नलाई पक्राउ गर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रमुख एसपी जर्नादन जिसीले अहिलेसम्म २० जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

महिला प्रहरीको ज्यानै जाने गरि भएको लेटाङ घटनाको अनुसन्धानको लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी), १ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी मोरङको संयुक्त टोली परिचालन भएको छ । यस घटनाको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा प्रदेश प्रहरी कार्यालयले पाँच सदस्यीय छानविन समिति गठन गरेर छानविन पनि सुरु गरेको छ । समितिमा एसएसपीसहित एक जना डिएसपी, इन्सिपेक्ट र दुई जना असर्इ छन् । छानविन समितिले अनुस्न्धान पूरा गरेपछि प्रदेश प्रहरी कार्यालाइ प्रतिवेदन बुझाउनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्