मिल्स गोल्डकप एपीएफलाई हराउँदै गोलबजार सेमिफाइनलमा

मिल्स गोल्डकप एपीएफलाई हराउँदै गोलबजार सेमिफाइनलमा

विराटनगर । साविक बिजेता एपीएफ पकलीलाई ‘सडन डेथ’ मा हराउँदै गोलबजार प्रतिभा फुटबल क्लब सिराहा दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ ।

विराटनगरस्थित जुट मिलको खेलमैदानमा सोमबार भएको खेलमा गोलबजारले एपिएफलाई सडन डेथमा ६–५ गोलले पराजित गर्दै सिराहा सेमिफाइनलमा पुगेको हो । निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट लिइएको थियो । टाइब्रेरकमा पनि दुवै टिमले ५–५ को बराबारी खेलेपछि नतिजा सडन डेथबाट लिएको हो । जितसँगै सिराहाले दोस्रो सेमिफाइनल खेलमा बुधबार दमक एकेडेमी झापासँग प्रतिस्पर्धा गर्नेछ ।
गोलबजार प्रतिभा फुटबलका सनम थापा, आसिब चौधरी, कुलदेव कार्की, विदेशी खेलाडी अली ओला, निश्चल मुक्ताङ्ग र बिनु आले मगरले गोल गरेका थिए । धर्मेन्द्र थारूको प्रहार एपीएफलका गोलरक्षक दिपेन्द्र गिरीले उत्कृष्ट बचाउ गरे ।

एसपीएफका सन्तोष कटुवाल, पदम भट्टराई, बुद्धिमान राई, हिसुब थपलिया र निशन खड्काले गोल गरेका थिए । एपीएफका श्याम मुर्मुको प्रहार पोसमा लागेर बाहिरयो भने सौरभ लिम्बूको प्रहार सिराहाका गोलकिपर निश्चल मुक्ताङ्गले उत्कृष्ट बचाउ गरे । उत्कृष्ट बचाउ गरि टिमलाई सेमिफाइनलको यात्रा सुरक्षित गराउने सिराहाका गोलकिपर निश्चल मुक्ताङ्ग खेलको म्यान अफ द म्याच घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरे ।

दुवै टिमले थुप्रै गोल गर्ने अवसर खेर फाले । निर्धारित समयसम्म एपीएफका खेलाडीले लगातार प्रहार गरे पनि सिराहाका गोलकिपर निश्चल तामाङ बाधक बनिरहे । एपीएफका कप्तान हरी कार्कीले ३२ औं मिनेटमा वान भर्सेस वानको प्रहार सिराहाका गोलकिपर निश्चले उत्कृष्ट बचाउ गरे । तीन जना विदेशी खेलाडी रहेको सिराहाका अली अल्सले ४५ औं मिनेटमा डिबक्स भित्रबाट गरेको सशक्त प्रहार एपीएफका गोलकिपर दिपेन्द्र गिरीले बचाए । ७७ औं मिनेटमा एपीएफको हरी कार्कीको प्रहार पोसमाथिबाट बाहिरियो । बारम्बार पाएको गोल गर्ने अवसर खेर फाल्दा साविक बिजेता एपीएफ सिराहासँग स्तब्ध हुन पुगो ।
मंगलबारको पहिलो सेमिफाइनल खेल गोधुली क्लब धरान सुनसरी र साइनो स्पोर्ट्स क्लब विराटनगरबिच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्