इटहरीमा बम विस्फोट, आफ्नै डेरामा विष्फोट हुँदा दुईजना घाइते

<span class='c1'>इटहरीमा बम विस्फोट, आफ्नै डेरामा</span> <span class='c2'>विष्फोट हुँदा दुईजना घाइते</span>

इटहरी, इटहरीमा गएराती बम विष्फोट हुँदा दुईजना घाइते भएका छन् । इटहरी २ नवजागृति टोलमा बिष्फोट हुँदा डेरा गरि बस्ने २२ वर्षीय रबिन थापाको डेरा भित्रै विष्फोट भएको बमका कारण उनीसहित लमजुङ ५ ढोडेनीका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका हुन् ।
घाइते थापाको बिराटनरमाउपचार भइरहेको छ भने अर्का गुरुङको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । प्रहरीको अनुसन्धानबाट सुतली बम बिस्फोट हुँदा दुवैजना घाइते भएको जनाइएको छ । घटनास्थलबाट प्रहरीले हिमाल सुरक्षा परिषद नेपालको पर्चा बरामद गरेको छ ।

थापाको डेरामा गुरुङ २० दिन अघि आएको खुलेको छ । उनले ल्याएको झोला उक्त विस्फोटक पदार्थ रहेको प्रहरीको अनुमान छ ।
राती घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी संजयसिंह थापा आफैं पुगेका थिए । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्र खड्काका अनुसार उपचारको लागि पठाइएका दुवैको अवस्था सामान्य रहेको छ । गुरुङलाई छर्रा लागेर केहि बढी चोट देखिएको छ ।
घटनास्थलबाट हिमाल सुरक्षा परिषद नेपालको पर्चा बरामद छ भएको छ । निर्वाचन नजिकीएसँगै यस्तो गतिविधि सुरु भएको हो ।
डेरामा बरामद भएको हिमाल सुरक्षा परिषदको पर्चा भर्खरै सशस्त्र युद्धको घोषणा गरेको संगठन हो । फागुन १५ गते यो सङ्गठनले एक विज्ञप्ति निकाल्दै सशस्त्र युद्धको घोषणा गरेको थियो ।

संघीयता खारेज, ५ विकास क्षेत्र कायम गरिनुपर्ने, हिन्दु राष्ट्रिय कायम गर्नुपर्ने, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सिमा विवाद समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्ने लगायतका मागहरू यो सङ्गठनले राखेको छ ।
यही परिषदको नाममा झापाको बिर्तामोड र दमकमा बम आतङ्क सिर्जना गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्