मोरङ स्तरीय अन्तर–स्कुल कराँते प्रतियोगिता हुने

मोरङ स्तरीय अन्तर–स्कुल कराँते प्रतियोगिता हुने

विराटनगर । विराटनगरमा आउँदो वैशाखमा मोरङ स्तरीय अन्तर–स्कुल कराँते प्रतियोगित हुने भएको छ ।

नयाँ वर्षको अवसरमा पारेर वैशाख १५ गतेदेखि मोरङ स्तरीय अन्तर–स्कुल कराँते प्रतियोगित हुने भएको हो । मोरङ जिल्लाका ४२ वटा निजि तथा सरकारी स्कुलबाट करिव २ सय ५० छात्रा तथा छात्र खेलाडी सहभागीता हुने अन्तर्राष्ट्रिय कराँते प्रशिक्षक विमल पोखरेललेले बताए । विराटनगरमा रहेको उर्वान स्पोट्र्सका निर्देशक सागर राज ढुङ्गानाको संयोजकत्वमा प्रतियोगिता हुने छ ।

प्रतियोगिताको व्यवस्थापनमा उर्वान स्पोट्र्सका सदस्यद्वय दिपिका कोईराला र अनिता देवले गर्ने छन् । खेलाडीलाई उचित पुरस्कार र खाजा नास्ताको भब्य व्यवस्था गरिने र खेलाडीको ईन्ट्री फि नलाग्ने प्रशिक्षक पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्