खेलकुद क्षेत्रको उल्लेख्य विकास गर्छौ : सामाजिक विकास मन्त्री राई

खेलकुद क्षेत्रको उल्लेख्य विकास गर्छौ : सामाजिक विकास मन्त्री राई

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेशको खेलकुद क्षेत्रको उल्लेख्य विकास गरिने बताउनु भएको छ ।

प्रदेशमा खेलकुद क्षेत्रको पूर्वाधार विकासका लागि काम गरिने उहाँले बताउनुभयो । सुनसरी धरानको मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय स्तरिय बाँस्केटवल प्रतियोगाको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री राईले सो कुरा बताउनु भएको हो । मन्त्री राई आगामी आर्थिक वर्षको बजेटमा खेलक्षेत्रलाई प्राथमिकतामा राखी काम गरिने बताउनुभयो । उहाँले खेलकुदको माध्यमबाट देश-देशको वीच सम्वन्ध गाडा बनाउन सकिने बताउनु भयो ।

खेलकुद क्षेत्र महत्वूणर् रहेकाले शिक्षासँगै खेललाई पनि अगाडी बढाउन आवस्यक रहेकोमा मन्त्री राईको जोड छ । उहाँले बास्केटबल खेलका लागि पनि प्रदेश सरकारले महत्वपूणर् काम गर्ने बताउनुभयो । मन्त्री राईले स्वस्थ राष्ट्र बनाउन र राष्ट्र चिनाउनका लागि खेलकुदले महत्वपूणर् भूमिका खेल्ने भएकाले खेल क्षेत्र सवैको प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्