विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–६ बक्लौरीमा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
बुधबार बिहान पौने ११ बजेको समयमा ईचोलबाट बक्लौरी तर्फ जाँदै गरेको को २४ प ९४५६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक रामधुनी नगरपालिका–६ का वडा सचिव ५३ बर्षीय नन्द कुमार श्रेष्ठलाई उपचारको लागी धरान घोपा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । घटना सम्बन्धमा प्रहरी थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।