झापाको मेचीनगरबाट प्रतिवन्धित लागुऔषध सहित २ जना पक्राउ

झापाको मेचीनगरबाट प्रतिवन्धित लागुऔषध सहित २ जना पक्राउ

विराटनगर । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा बुद्धशान्ती गाउपालिका-४ बस्ने ४३ बर्षीय किशोर सुनुवार र काठमाण्डौँ महानगरपालिका-५ बस्ने ३१ बर्षीय सन्त महर्जन रहेका छन । बुधबार बेलुका करिब ४ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा प्रदेश ३-०१-००६ ख ०६२६ नम्वरको बसमा सवार रहेका सुवुवार र महर्जनको साथबाट प्लास्टिकमा पोको पारी झोलामा लुकाई राखेको २८ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

प्रतिवन्धित ब्राउनसुगर सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्