इटहरी । इटहरी वडा नम्वर १७ मा जननेता मदन भण्डारीको पूर्णकदको सालिक सहित मदन वाटिका उदघाटन गरिएको छ । इटहरी उपमहानगरपालिकाले निर्माण गरेको पूर्ण कदको सालिक सहितको वाटिका पूर्व मुख्यमन्त्री भीम आर्चायले उदघाटन गर्नुभयो ।
उहाँले समकालिन नेपाली राजनीतिका सवैभन्दा उच्च राजनेता मदन भण्डारीको सालिक निर्माण गरेर इटहरी उपमहानगरपालिकाले प्रशंसनीय कार्य गरेको वताउनुभयो । प्रदेश सांसद लिलम वस्नेतले मदन वाटिका निर्माण सँगै यो क्षेत्रमा वाटोघाटो लगायत विकासका अन्य क्षेत्रमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले देशका लागि महत्वपूर्ण योगदान पुरयाउने राजनेताहरुको सम्झनामा सालिग निर्माण गरिएको वताउनुभयो । उपप्रमुख लक्ष्मी गौतमले विसनपुरको सो क्षेत्रलाई इटहरीकै दोश्रो तालतलैयाका रुपमा विकास गर्न सकिने वताउनुभयो । कार्यक्रममा इटहरी १७ का वडाध्यक्ष भगवानलाल साहु,पदम संजेल,गोविन कुँवर लगायत वोल्नुभयो ।