मनिङवाकमा निस्किएका देउजालाई सवारी साधनले ठक्कर दिदाँ मृत्यु, ठक्कर दिने साधन फरार

मनिङवाकमा निस्किएका देउजालाई सवारी साधनले ठक्कर दिदाँ मृत्यु, ठक्कर दिने साधन फरार

विराटनगर । विराटनगर-९ का सामाजिक अभियान्ता ४२ पुष्पा देउजाको मनिङ वाकको क्रममा सवारी साधनले ठक्कर दिदाँ मृत्यु भएको छ ।

आज विहान ५:५० को समयमा विराटनगर १४ मलाय रोड एमएम प्लाष्टिक उद्योग छेउमा नाम नै नखुलेको सवारी साधनले ठक्कर दिएर घाईते देउजाको उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।


रोडशेषबाट जोगवनी तर्फ जादै गरेको सवारी साधनले ठक्कर दिएको थियो । ठक्कर दिने सवारी साधन कुन थियो भन्ने अहिले सम्म खुल्न सकेको छैन । देउजा विराटनगर-९ मा रहेको हाम्रो समाजका सचिव हुन् । हाम्रो समाजमा लामो समय सम्म सक्रिय रुपमा रहेका काम गर्दै आएका सामाजिक अभियान्ता हुन् ।
उनले विराटनगर-९ मा कलेज रोडका सडक पेटीमा फलामका रेलिङ तथा फुलका विरुवा रोप्नको लागी ठुलो सहयोग पुर्याएका छन् । त्योसगै लकडाउनको समयमा पनि अति विपन्न तथा आयआर्जनमा समस्यामा परेका व्यक्तिहरुलाई खाद्यन्न तथा लत्ता कपडा समेत वितरण गर्दै आएका थिए । देउजा नेपाली काग्रेस वडा ९ का सचिव समेत हुन् । उनका एक श्रीमती र एक छोरा एक छोरी छन् । मृतक देउजाको शव अहिले कोशी अस्पतालमा पोष्ट मार्टमको लागी लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्