प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

विराटनगर । झापाको मेचीनगर नगरपालिका-६ र मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिबार दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेका झापा कन्काई नगरपालिका-३ बस्ने ३० बर्षीय अरुण प्रधानलाई २ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले को.२५ प ७६५८ नम्वरको मोटरसाईकलमा भारत जोगवनीबाट नेपाल तर्फ आउदै गरेका सुनसरी इटहरी-४ का ४० बर्षीय राजेन्द्र के.सि.लाई ७ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका दुवै जनाको घटना बारेमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्