मन्त्री आलेले भने-विराटनगर विमानस्थल विस्तारका लागि मुआब्जा दिन सकिदैन

<span class='c1'>मन्त्री आलेले भने-विराटनगर विमानस्थल विस्तारका</span> <span class='c2'>लागि मुआब्जा दिन सकिदैन</span>

विराटनटर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले विराटनगर विमानस्थल विस्तारका लागि आवश्यक जग्गाको मुआब्जा दिन नसकिने बताउनु भएको छ ।

विराटनगरमा शुक्रबार मोरङ व्यापार संघ ट्रेड एक्स्पोको उद्घाटन गर्न आउनु भएका मन्त्री आलेले १८ अर्ब खर्चेर जग्गा मुआब्जा दिन नसकिने बताउनु भएको हो । केहि उद्योगीको स्वार्थपूणर् सुझावका आधारमा मन्त्री आलेले विमानस्थललाई जग्गा खोजेर स्थान्तरण गर्नसकिने संकेत गरेका छन् । तर, सुनसरीको अमडुवामा सरकारी जग्गामा विमानस्थल सार्न सीमा क्षेत्रले दिदैंन भन्ने ज्ञान नहुँदा आलेले यस्तो बताएका हुन् ।

विराटनगर विमानस्थल तीन हजार मिटरमा विस्तार गर्दा समेत सीमा क्षेत्रका कारण केहि असजिला हुुन्छन् । त्यसैले प्राधिकरणले दुई हजार ४०० मिटर मात्रै विस्तार गर्ने लक्ष्यलाई प्राथमिकतामा राखेको छ । जहाजहरु अवतरण गर्दा कोसी क्षेत्रमा भारतीय भूमि छुने डर रहेकोले केहि चुनौतीका बिच विस्तारका लागि जग्गा मुआब्जा प्रक्रिया बढेको थियो । त्यसमा समेत अहिले विवाद सिर्जना गर्दै बनाउनै नमिल्ने अमडुवाको प्रस्तावमा मन्त्री आलेलाई विराटनगरको निजी क्षेत्रले उकासिदिएको हो । जहाजको एयर नेटिकल माइल्स सम्बन्धि ज्ञान नहुँदा नेपाल उद्योग परिसंघका प्रदेश अध्यक्ष भीम घिमिरेले जर्बरजस्ती विमानस्थल स्थान्तरणको बहस सिर्जना गरेर आगामी बजेटबाट समेत कटौती गराउने योजना सारेको भन्दै पर्यटन क्षेत्रका व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।

शुक्रबार एक्स्पो उद्घाटनका क्रममा विराटनगर विमानस्थल विस्तारको विषयमा कार्यक्रमका विशिष्ट अथिति नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालसहितले जिज्ञासा राख्नु भएको थियो । त्यसको जवाफ दिदैं सरकारका मन्त्री आलेले मुआब्जा दिन नसकिने बताउनुभयो ।
मैले भीम घिमिरेजीलाई समेत भनेको छु, १८ अर्ब रुपिँया मुआब्जा दिन सकिदैन, मन्त्री आलेले भन्नुभयो- स्रोत सुनिश्चित नहुँदा तीन अर्ब लागतका बन्ने टर्मिनल भवनको बोलपत्र समेत खारेजी गरिदिएको छु ।

के हो भित्री कुरो
विराटनगर विमानस्थल तीन तहका सरकारबीचको साझेदारीमा निर्माण गर्ने सम्झौतापछि विस्तार क्षेत्र भित्रका जग्गाधनीलाई मुआब्जा दिन सूचना जारी गरिएको थियो । गतवर्ष चैत २३ गते विमानस्थलले जग्गा आपूर्तिका लागि सुचना जारी गरेपछि त्यसका लागि बजेट बिनियोजन हुने आसा राखिएको थियो । तर, चालु आर्थिक वर्षको बजेटले त्यसको सम्बोधन गरेन ।

आगामी वर्षको बजेटमा विराटनगर विमानस्थल प्राथमिकतामा राख्ने विषय छलफल भईरहेको थियो । विस्तार क्षेत्रका जग्गाधनीको जग्गा रोक्का राखिएको थियो । तर, सरकार परिर्वतन भएर विभागिय मन्त्री आले भएपछि घिमिरे अध्यक्ष भएको नेपाल उद्योग परिसंघको कार्यक्रममा विराटनगर निम्त्याइयो ।
उक्त निम्ता मान्न आएको बखत अमडुवामा रहेको ६ सय बिघा जग्गामा विमानस्थल स्थान्तरण गरेर मुआब्जा दिने पैसाले संरचना बनाउन सकिने धारणा घिमिरेले राख्नुभएको थियो । यस्तो धारणा आउनुको पछाडीको कारण बारे धेरैले विभिन्न अड्कल गर्ने गरेका छन् । कतिपयले घिमिरेसँग सम्बन्ध बिग्रिएका विराटनगरका अर्का उद्योगीको चार बिघा जग्गा विमानस्थल विस्तार क्षेत्रमा पर्ने भएकोले त्यसलाई रोक्न खोजिएको आरोप लगाउँछन् । कतिपय एयरपोर्ट मोर्ड पूर्व घिमिरेको जग्गा रहेको र विमानस्थल विस्तार गरेर अन्तराष्ट्रिय बनाएपछि त्यहाँ ठूलो संरचना बनाउन नपाईने शंकाले यस्तो गरिएको आरोप लगाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्