इटहरी वडा १९ को वडा कार्यालय नवनिर्मित भवन उदघाटन

<span class='c1'>इटहरी वडा १९ को वडा</span> <span class='c2'>कार्यालय नवनिर्मित भवन उदघाटन</span>

विराटनगर । इटहरी वडा नम्वर १९ को वडा कार्यालय भवन उदघाटन गरिएको छ ।

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले नवनिर्मित दुईतले भवन उदघाटन गर्नुभयो । उहाँले आफूहरुको कार्यकालमा भौतिक पूर्वाधार निर्माण तर्फ उल्लेख्य काम भएको वताउनुभयो । उहाँले आफू जनप्रतिनिधिका रुपमा जस्तो आएको त्यस्तै फर्कने जनाउदै जनप्रतिनिधि रहेपनि नरहेपनि इटहरीको विकासमा योगदान रहिरहने जानकारी दिनुभयो । उपप्रमुख लक्ष्मी गौतमले इटहरी इटहरीमा पाँच वर्षको अवधिमा दुईसय किलोमिटर कालोपत्रे सडक निर्माण गरिएको जानकारी दिनुभयो । यसैगरी ६५ किलोमिटर ब्लक ओछयाएर सडक वनाइएको सुनाउनुभयो । वडाध्यक्ष श्री नारायण चौधरीले वडा नम्वर १९ मा उल्लेख्य विकास भएको वताउनुभयो ।

उहाँले आजै देखि आफूले वडा कार्यालय भवनवाटै सेवा दिन सुरु गर्ने वताउनुभयो कार्यक्रममा वडा कार्यालय आउने वाटोमा चारधुर जग्गा प्रदान गर्ने जय वहादुर पुरी र जब्दि माविका प्रअ खेमनाथ गुराँगाई पनि वोल्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्