विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल विराटनगरमा कार्यरत चिकित्सक मृत फेला परेका छन् । सप्तरी राजविराज घर भएका २७ वर्षीय डा. विजय यादव एक घरको परिसरमा मृत भेटिएका हुन् ।
नोवेल मेडिकल कलेजको स्वास्थ शिविरमा गएर शुक्रबार फर्केका उनी शनिबार बिहान मृत फेला परेका हुन् । घटनास्थल विराटनगर-४ मा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ । घरको गेट नजिकै हात बटारिएको अवस्थमा उनी फेला परेका छन् । नोवेलमा उनी पाँच वर्षदेखि कार्यरत रहेका थिए ।