डान्सिङ स्टार नेपालमा पुर्वका निलम र काजल प्रतिस्पर्धी

डान्सिङ स्टार नेपालमा पुर्वका निलम र काजल प्रतिस्पर्धी

विराटनगर । हिमालय टेलिभिजनबाट प्रशारण हुने डान्स रियालिटी शो "डान्सिङ स्टार नेपाल" मा पुर्वबाट दुइ जना सहभागी रहेका छन् ।

विराटनगरबाट मैथिली चलचित्र तथा भिडियोकि मोडल काजल कर्ण र एक खुट्टाले नाच्ने डान्सर भनेर नेपालमा नाम कमाएकी निलम ढुंगाना सहभागी रहेका छन् । विभिन्न क्षेत्रका सेलिब्रिटीहरुलाई कोरियोग्राफर सहित बिभिन्न डान्स फर्म्याटमा प्रतिस्पर्दा गराइने उक्त कार्यक्रम अहिले लोकप्रिय बन्दै गएको छ ।

भारतीय टेलिभिजनमा लोकप्रिय उक्त शो नेपालमा पनि लोकप्रिय रहेको छ । काजल कर्णको कोरियोग्राफरको रुपमा लाहुरे सिंह रहेका छन् भने निलमलाई कोरियोग्राफर रवी पटेलले साथ दिएका छन् । दुबैको डान्स जजहरुले निकै रुचाएका छन् । आवर विराटनगरसंग कुरा गर्दै दुवै जना अहिले भोटिङ राउण्डमा रहेकाले आफुलाई भोट गरेर अगाडी बढाउन आग्रह गरेका छन् । पुर्वको प्रतिनिधित्व गरेर प्रतिस्पर्दामा रहेकाले भोट गरेर अगाडी बढाउन आग्रह गरेका छन् ।

उनीहरुलाई भोट गर्न खल्ती एप प्रयोग गर्नु पर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्