बाह्रलाख ३८ हजार बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने

बाह्रलाख ३८ हजार बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने

विराटनगर । प्रदेश १ मा १२ लाख ३८ हजार ३८७ जनालाई टाइफाइड रोग विरुद्धको खोप लगाईने भएको छ । आगामी चैत २५ गतेदेखि २०७९ बैशाख १८ गतेसम्म १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाईने भएको हो ।

स्वास्थ्य निर्देशानालय धनकुटाका निर्देशक ज्ञानबहादुर खड्काका अनुसार प्रदेश १ मा पाँचवर्षमुनीका २ लाख ४७ हजार ५२२ र ५-१५ वर्ष उमेर समूहका ९ लाख ९० हजार ८६५ बालबालिकालाई खोप लगाईने छ । प्रदेशका १३७ स्थानीय तहमा ९ हजार ६७८ खोप केन्द्रमा स्वास्थ्यकर्मीहरु परिचालन गरिने निर्देशक खड्काले जानकारी दिनुभयो ।
प्रदेश १ मा निर्धारण गरिएका खोपकेन्द्रमध्ये ८० प्रतिशत विद्यालय रहेको स्वास्थ्य निर्देशानालयका खोप अधिकृत उदेश श्रेष्ठले जानकारी दिनुभयो । खोपबाट बचाउन सकिने रोगलाई शुन्यमा झार्नका लागि बालबालिकालाई टाइफाइड विरुद्धको (टीभिसी) दिने अभियान सञ्चालन गरिने भएको हो ।

टाइफाइड दुषित पानी र खानेकुराबाट संक्रमण हुने रोग मानिएको छ । प्रदेशका सबै बालबालिलाई खोप सेवामा सहभागी गराउन वडा तहसम्म खोप समन्वय समिति गठन गरिएको निर्देशक खड्काले जानकारी दिनुभयो । हालसम्म सबै जिल्लामा खोप पुगिसकेकोले चैत २५ गते विराटनगरमा बृहत कार्यक्रमको आयोजना गरेर अभियानको शुभारम्भ गरिने छ ।
सरकारी तथ्यांकमा पछिल्लो पाँचवर्षको अवधीमा नेपालमा ४ लाख ५० हजार बालबालिका टाईफाइड रोगका कारण बिरामी परेका छन् । बालबालिकालाई जोखिमबाट जोगाउन नेपालका ७५ लाख टाइफाइड विरुद्धको खोप लगाउन लागिएको हो ।

टाइफाइड लागेका बालबालिकालाई उच्च ज्वरो, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र जिब्रोमा सेतो लेत लाग्ने मुख्य लक्षण देखिने गरेका छन् । समयमै उपचार नपाएको खण्डमा बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने भएकोले यसको रोकथामका लागि खोप अभियान सञ्चालन गरिने भएको हो ।
यो खोप कडा एलर्जी भएका व्यक्ति, एड्सको लक्षण भएका व्यक्तिले लगाउन नमिल्ने निर्देशक खड्काले बताउनुभयो । हालसालै सिकिस्त बिरामी भएको वा कोभिड संक्रमण भई १४ दिन नकटेको अवस्थाका बालबालिकालाई समेत खोपमा सहभागी गराउन मिल्दैन । बिद्यालय तथा स्वास्थ्य केन्द्रहरुमा लगाइने यो खोप सम्पूणर् बालबालिकालाई लगाउन वडास्तरको खोप सहजीकरण समितिमार्फत निमन्त्रण पठाउने योजना समेत राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्