डाक्टर मृत फेला परेको विषयमा सत्य, तथ्य पत्ता लगाउन नोबेल अस्पतालको माग

<span class='c1'>डाक्टर मृत फेला परेको विषयमा सत्य,</span> <span class='c2'>तथ्य पत्ता लगाउन नोबेल अस्पतालको माग</span>

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको अर्थोपेडिक विभागमाकार्यरत डा. विजयकुमार यादवको मृत्यु भएको विषयमा अनुसन्धान गरी सत्य, तथ्यपत्तालगाउन अस्पतालले माग गरेको छ ।

नोबेल अस्पतालकानिर्देशकडा.राजेश नेपालले आइतवार एक विज्ञप्ती जारी गर्दै डा. यादवको मृत्युको विषयमा यथाशिघ्र अनुसन्धान गरी सत्य, तथ्य पत्ता लगाउन माग गरेका हुन् । ‘यस अस्पतालको अर्थोपेडिक विभागमा २०७६ जेठ ६ गतेदेखि मेडिकल अफिसरको पदमा कार्यरत सप्तरीको मलेखपुर-६ खुरखुरीया घर भएका डा. विजयकुमार यादवको शवविराटनगर-४ स्थित आफू बस्ने घरको कम्पाउन्डमा शंकास्पद रुपमा भेटिएको विषयमा सम्बन्धित निकायबाट यथाशिघ्र अनुसन्धानभई सत्य, तथ्य पत्ता लगाउन जोडदार माग गर्दछौं ।’ विज्ञप्तीमा उल्लेख छ । उनी लगनशिल र मिलनसार स्वाभावका भएको स्मरण गर्दै उनको निधनप्रति अस्पतालले दुःखव्यक्त गरेको छ ।

डा.यादव विराटनगर-४ स्थित प्रेम बस्नेतको घरमा डेरा बस्दै आएका थिए । शनिवार बिहान करिव ६ बजे सोही घरको कम्पाउण्डभित्र आँगनमा घोप्टो परेर लडेको र शरीरबाट रगत बगिरहेको अवस्थामा उनी मृत भेटिएका थिए । डा.यादवको हत्या भएको भन्दै उनका परिवारका सदस्य, आफन्त तथा समर्थकले शनिवार दिउँसो नोबेल अस्पताल अगाडि हत्यारालाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउँन मागगर्दै टायर बालेर प्रदर्शन समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्