सुनसरी । सुनसरीको ईनरुबा नगरपालिका–६ मधेशा स्थित नहरको पानीमा डुबि एकजना बृद्दको मृत्यु भएको छ ।
आज दिउसो पौने १२ बजे ६० बर्षीय बिर्ख बहादुर निरौला आफ्नै घर छेउको नहरको पानीमा डुबेको अवस्थामा छिमेकिले फेला पारी तत्काल उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीलबाट थप अनुसन्धान भईरहेको छ ।