लेटाङमा प्रहरी हतया आरोपमा ६३ जना विरुद्ध मुद्दा, २० जनालाई कर्तव्य ज्यान

लेटाङमा प्रहरी हतया आरोपमा ६३ जना विरुद्ध मुद्दा, २० जनालाई कर्तव्य ज्यान

विराटनगर । मोरङको लेटाङ घटनामा संलग्न आरोपमा ६३ जनालाई नियन्त्रणमा लिईएको छ । पक्राउ परेकामध्ये २० जना विरुद्ध कर्तव्य ज्यान र ४२ जनालाई अभद्र व्यवहार मुद्दामा म्याद थप गरि अनुसन्धान भईरहेको हो ।

घटनामा संलग्नमाथि भईरहेको अनुसन्धान सात दिनभित्र सकिने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले सम्पूर्ण तथ्य संकलन गरी सातदिन भित्रमा अनुसन्धान पूरा हुने दावी गरेका छन् ।
घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ६३ जनाको म्याद थप भई प्रहरी हिरासतमा छन् । जसमध्ये २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङबाट म्याद थप भएको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए । पक्राउ परेकामध्ये १० जना विद्यार्थी छन् । प्रहरीले विद्यालयका विद्यार्थीलाई समेत पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । तर,बालबालिकालाई बाल सुधार गृहमा राख्नुपर्नेमा प्रहरी कार्यालयकै हिरासतमा राखेको छ ।

शिक्षकले छात्रामाथि यौनजन्य दुरव्यवहार गरेको आरोपपछि चैत ६ गते मोरङको लेटाङस्थित शिक्षा विकास माध्यामिक विद्यालयमा हिंसा भड्किएको थियो । घटनामा एकजना महिला प्रहरीको ज्यान गएको थियो । घटनालगत्तै जिल्ला प्रशासन कार्यालयले लेटाङ क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो ।

वार्षिक परीक्षा नजिकिएको र विद्यालय बन्द हुँदा पठनपाठनसमेत प्रभावित बनेको थियो । शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत छात्रालाई होलीका दिन यौनजन्य दुरव्यवहार गरेको आरोपपछि नियन्त्रणमा लिन गएको प्रहरीमाथि स्थानीयले आक्रमण गरेका थिए । त्यस क्रममा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्