इलामको माईजोगमाईमा २१ फिट अग्लो गणेशको प्रतिमा निर्माण हुने

इलामको माईजोगमाईमा २१ फिट अग्लो गणेशको प्रतिमा निर्माण हुने

इलाम । इलामको माईजोगमाई गाउँपालिकाको धार्मिक एवं पर्यटकीय क्षेत्र नयाँ बजारस्थित दुर्गा मन्दिरको प्राङ्गणमा गणेश भगवानको प्रतिमा राख्न शिलान्यास भएको छ ।

शिलान्यास आईतबार भएको हो । करिब २१ फिट अग्लो प्रतिमा स्थापना गर्ने गरि शिलान्यास गरिएको हो । माईजोगमाई गाउँपालिका नयाँ बजारका युवा तथा व्यवसायी मुकेश भण्डारीको व्यक्तिगत लगानीमा गणेशको उक्त प्रतिमा राख्न लागिएको जनाईएको छ । प्रतिमाको निर्माण कार्य सम्पन्न गर्न करिब १६ लाख रुपैयाँ बराबरको खर्च हुने अनुमान गरिएको छ । गणेशको सो प्रतिमा लगभग नेपालकै अग्लो हुने दाबी समेत गरिएको छ । हाल राजधानी काठमाण्डांै बस्दै आएका भण्डारीले आफु जन्मेको हुर्केको ठाउँलाई विश्वसामु चिनाउन साथै धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न गणेशको प्रतिमा राख्न लागेको बताएका छन् । आफू काठमाण्डौंमै रहने हुँदा सम्पूर्ण काम दुर्गा मन्दिर व्यवस्थापन समितिले हेर्ने गरेको उनले जानकारी दिए ।

मंगल चतुर्थीको शुभ अवसर पारेर आईतबार प्रतिमाको शिलान्यास गरिएको दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मिङमा तामाङले बताए । कार्यक्रममा माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भागवत प्रसाद रेग्मीले मन्दिरको बाहिरी व्यवस्थापन तथा मन्दिर परिसर भित्रका पुर्वाधार विकासका लागि गाउँपालिकाले आगामी दिनमा सहयोग गर्ने बताए ।

माईजोगमाईको नयाँ बजारमा दुर्गा मन्दिरको उद्घाटन भने केही बर्षअघि मात्र भएको हो । यसअघि त्यहाँ यलम्बरको र हाब्रे (रेडपाण्डा) को प्रतिमा समेत निमार्ण भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्