मोरङको धनपालथानमा पानीमा डुबि एक बालकको मृत्यु

मोरङको धनपालथानमा पानीमा डुबि एक बालकको मृत्यु

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-३ डकुवा डाँडा स्थित रहेको ए बी सी ईटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबि एक बालकको मृत्यु भएको छ ।

मंगलबार दिउँसो करिब २ बजे ईटाभट्टाका कामदार भारत वेष्ट बंगालका लालतन आलमको २ बर्षीय छोरा अरमान मिँया खेल्ने क्रममा खाल्डोमा जमेको पानीमा डुबि अचेत अवस्थामा आफन्तले फेला पारी तत्काल उपचारको लागी कोशी अस्पताल विराटनगर ल्याएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।

घटना बारेमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

फोटो: साङ्केतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्