ख्यातिप्राप्त इन्डोक्राइनलोजिस्ट डा अंशुमाली जोशी विराटनगर आउदै

ख्यातिप्राप्त इन्डोक्राइनलोजिस्ट डा अंशुमाली जोशी विराटनगर आउदै

विराटनगर । विराटनगर-९ रंगेली रोड ग्रीनक्रस अस्पताल परिसरमा रहेको नेपमेड्स फार्मेसी र ग्रिनक्रस अस्पतालको आयोजनामा  काठमाडौंका ख्यातिप्राप्त डाक्टर अंशुमाली जोशी पुन: आउनु हुने भएको छ । नेपमेड्सले नेपाल मै चर्चित इन्डोक्राइनलोजिस्ट डा. अंशुमाली जोशीको सेवा विराटनगरमा बिरामीहरुको माग लाई मध्यनजर गर्दै पुन बिराटनगरमा सेवा उपलब्ध गराएको हो ।

मधुमेह ,थाईराइड तथा हर्मोन सम्बन्धि विशेषज्ञ जोशीले यहि चैत्र  २५ गते शुकवार र २६ गते शनिबारका दिन बिराटनगरको रंगेली रोड ग्रीनक्रस अस्पताल परिसरमा रहेको नेपमेड्समा सेवा दिनेछन ।

भारतको नयाँ दिल्ली स्थित प्रतिष्ठित एम्स अस्पतालबाट डीएम गरेका जोशीले काठमान्डौमा सेवा दिदै आएका छन। नेपालका चल्तीका इन्डोक्राइनोलोजिष्टहरुको नाम लिने बितिकै डा जोशीको नाम अग्रपंक्तिमा आउने गर्दछ । काठमाडौ , पोखरा चितवन बुटवल लगायतका स्थानमा डाक्टर जोशीले सेवा दिइरहेका छन ।

बिराटनगरमा डाक्टर जोशी बिराटनगर आउने भएपछि बिरामीको चाप बढ्दै गएको नेपमेड्स ब्यबस्थापनले जनाएको छ । डा. अंशुमाली जोशीको सेवा लिन अग्रिम नाम दर्ता गराइ टोकन लिन पर्ने र फोन भाइबर म्यासेनजर बाट समेत नाम दर्ता गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्