वडाअध्यक्षलाई नै झम्टन्छन् उर्लावारीका मेयर फागो

वडाअध्यक्षलाई नै झम्टन्छन् उर्लावारीका मेयर फागो

उर्लाबारी । उर्लाबारी नगरपालिका ८ नम्बर वडा कार्यालयको भवन शिलान्यास कार्यक्रममा मेयर खड्ग फागो वडाध्यक्ष र स्थानीय माथि बुधबार जाइलागे । जरुवापानीमा वडा कार्यालय भवनको शिलान्यास कार्यक्रम राखिएको थियो ।

कार्यक्रम समापन गर्दैगर्दा आक्रोशित हुँदै मेयर फागोले आफुमाथि आक्रमण प्रयास गरेको वडाध्यक्ष कुलबहादुर कार्कीको गुनासो छ । उनका अनुसार भवन शिलान्यास गर्न मेयर फागो र उपमेयर लक्ष्मीदेवी भण्डारीलाई कार्यक्रममा निम्त्याइएको थियो । सुरुमा उपमेयर भण्डारी र त्यसपछि मेयर फागोले क्रमैसंग मन्तब्य राखेका थिए । कार्यक्रम अन्त्यका लागि सभापतिको तर्फबाट वडाध्यक्षले मन्तब्य राख्दै गर्दा मेयर फागो अराजक शैलीमा प्रस्तुत भएका थिए । जथाभावी बोल्दै वडाध्यक्ष कार्कीलाई हुलहुज्जत गर्ने गरी अघि बढेका फागोलाई स्थानीयले रोकेका थिए ।

वडाध्यक्ष कार्कीले गत पुसमै हुनुपर्ने नगरसभा नगरेको प्रसंग कार्यक्रममा उठाएका थिए । आफुले पटक–पटक आग्रह गरेको तर मेयरले कार्यव्यस्तता जनाउदै कार्यपालिका र नगरसभा गर्न अनिच्छुक रहेको भनी वडाध्यक्षले मन्तब्य राखेपछि उनी झम्टन उठेका थिए ।
फागो ठुलो स्वरमा कराउँदै बोल्दै गरेका वडाध्यक्षलाई झम्टिएको स्थानीय रुद्र लामिछानेले जानकारी दिएका छन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका मेयरलाई सम्झाउँदा आफुहरु माथिपनि आइलागेको अर्का स्थानीय माधव भट्टराईले बताए ।

कहिले आफ्नै कार्यालयका प्रशासकिय अधिकृत त कहिले फरक विचार राख्ने पार्टीका नेताहरुमाथि झम्टने मेयर फागो आगामी निर्वाचनमा समेत मेयरमा उठ्ने तयारी गरिरहेका छन् । तर, स्थानीय तहको मेयर जस्तो जिम्मेवारी पदलाई उनले गुण्डागर्दी शैलीमा सञ्चालन गर्दै आएका छन् । नगरपालिका भित्रका विकास योजनामा आफ्नै समूहका व्यक्तिहरुलाई सामेल गराएर उनले संस्थागत भ्रष्टचारलाई पश्रय दिदैं आएको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्