मेरिल्याण्डमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

मेरिल्याण्डमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

विराटनगर । विराटनगर-७ स्थित मेरिल्याण्ड कलेजमा हाजिरी जवाफ फाइनल सम्पन्न भएको छ ।

प्रतियोगितामा कक्षा ११ का ३ टीम, कक्षा १२ का ३ टीम र विविएसका २ टीम गरी ८ टीमको सहभागीता रहेको थियो ।

प्रतियोगीतामा विविएस दोश्रो वर्षका कृतिका खतिवडा, महिन्द्रा भगत, सिमिता दास र आशा गुप्ताले प्रथम स्थान, कक्षा-१२का चन्दा राय, कृष्ण कुमार भन्डारी र निशा वानियाले दोश्रो स्थान र कक्षा ११ का अमरदिप मोची, आंचल कुमारी मण्डल, उमेश यादव र सृजना राजवंशीले तृतीय स्थान हासील गरेका थिए ।

विजयी विद्यार्थीहरुलाई कलेजका अध्यक्ष गुणराज ढुङ्गेल, उपाध्यक्ष प्रा.डा. प्रमोद कुमार झाले पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो । कोरोना भाइरसको बावजुद पनि विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै अएको कलेजका प्रिन्सीपल लक्ष्मण ढकालले बताउनुभयो । उक्त प्रतियोगीतामा डा. मनोज गुप्ता, लक्ष्मण ढकाल, नवजीत प्रधान, गणेश दाहाल, दिपेश भगत, निदेश आचार्यले क्वीज मास्टरको भुमिका निर्वाह गर्नुभएको थियो ।

कार्यक्रममा हिसानका केन्द्रिय उपाध्यक्ष भेषराज पोख्रेल, कलेजका डाईरेक्टरहरु प्रदीप भगत र नन्द किशोर अग्रवालको उपस्थिति रहेको थियो ।

स्मरण रहोस् मेरिल्याण्ड कलेज पूर्वकै व्यवस्थापन शिक्षामा अग्रणी शौक्षिक संस्था मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्