नेपाल अटो टेम्पो तथा ई-रिक्सा चालक संघले भाडा बढाउन निवेदन

नेपाल अटो टेम्पो तथा ई-रिक्सा चालक संघले भाडा बढाउन निवेदन

विराटनगर । नेपाल अटो टेम्पो तथा ई-रिक्सा चालक संघले सिटी रिक्साको भाडा बढाउने निर्णय सदर गरी दिन भन्दै मंगलबार मोरङ जिल्ला ट्राफिक प्रहरी कार्यालयमा लिखित निवेदन दिएका छन् ।

विराटनगर महानगरपालिका र त्यसको आसपासमा चलिरहेका सिटी रिक्साले आठ वर्षदेखि एउटै गरेका हुन् । भाडा दरमा चलाइरहेको हुँदा हालको महंगीमा पुरानै दरमा सिटी सिक्सा चलाउन नसकिने भन्दै सघले भाडा बढाउने निर्णय गरेको हो ।

संघले गरेको निर्णयमा विराटनगर आसपास विभिन्न २३ ठाउँको भाडा महेन्द्र चोकदेखि न्यूनतम ३० रूपैयाँ र अधिकतम ५० रूपैयाँ तोकेका छन्। उनीहरूले तोकेको भाडा

ट्राफिक प्रहरीसँग आग्रह गरिएको हो। ई-सिक्सा तथा अटो रिक्साले भाडा दर महानगरभित्र विराटनगर महानगरपालिकाले तोक्नु पर्नेमा उनीहरू आफैले भाडा निर्धारण गरेका हुन्। मोरङ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काका अनुसार ई-रिक्सा चालकहरूको आधिकारिक संघ कुन हो भन्ने थाहा नै छैन । उनीहरूको पाँचवटा भन्दा बढी संघ रहेको ट्राफिक प्रहरीलाई अनौपचारिक जानकारी छ ।

सदर गरिदिन बिराटनगर भित्र ५ हजार भन्दा बढी अटो टेम्पो तथा ई-रिक्साहरू चल्ने गर्दछन् । तिनीहरूको संख्या कति छ भन्ने यकिन छैन। विराटनगर महानगरपालिकाले नगरभित्र चल्ने सबै अटो तथा ई-रिक्सा महानगरपालिकामा अनिवार्य दर्ता गर्नु पर्ने नियम लगाएको छ । तर अहिलेसम्म महानगरपालिकामा सबै दर्ता छैनन् । विराटनगर बाहिरका अटो तथा ई-रिक्सा विराटनगर भित्रै चल्ने गरेकाले यहाँको ट्राफिक समस्या बढेको छ ।

ट्राफिक समस्यालाई कम गर्न ई-रिक्सा नियन्त्रण गर्न खोजे पनि महानगरपालिकाले त्यसको नियन्त्रण गर्न सकेको छैन ट्राफिक प्रहरीका अनुसार विराटनगरको सडकको क्षमताले ३ हजार भन्दा बढी ई-रिक्साको लोड थेग्न सक्दैन ।

आजको यो समाचार उद्घोष दैनिकमा प्रकाशित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्