बरिष्ठ पत्रकार खरेल रासस संचालक समितिमा

बरिष्ठ पत्रकार खरेल रासस संचालक समितिमा

विराटनगर । प्रदेश नं. १ को सर्वाधिक लोकप्रिय पत्रिका न्यू सृष्टि दैनिकका अध्यक्ष तथा प्रधानसम्पादक बरिष्ठ पत्रकार शंकर खरेल आगामी ४ वर्षका लागि राष्ट्रिय समाचार समितिको संचालक समितिमा मनोनयन भएका छन् ।

सरकारको मन्त्रीस्तरीय निर्णयले विराटनगरका वरिष्ठ पत्रकार खरेललाई राष्ट्रिय समाचार समितिको संचालक समिति सदस्यमा मनोनयन गरेको हो।

सरकारले राष्ट्रिय समाचार समितिलाई परिमार्जन गर्दै नीजि लगानीका संचार क्षेत्रसँग स्पर्धा गर्दै पाठकको नजारमा स्तरीय बनाउने जिम्मेवारीका साथ खरेललाई संचालक समितिको सदस्यमा मनोनयन गरिएको हो ।

सरकारले राष्ट्रिय समाचार समितिलाई परिमार्जन गर्दै स्तरीय बना दिएको जिम्मेवारीलाई आफूले जिम्मेवारीपूर्वक निर्वाह गर्ने बताए ।

खरेल ३३ वर्षभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । खरेलसँग कान्तिपुर दैनिकको उपसम्पादकदेखि १ दर्जनभन्दा बढी पत्रपत्रिकामा काम गरेको अनुभव छ ।

खरेल विगत ११ वर्षदेखि विराटनगरबाट प्रकाशित भइरहेको न्यू सृष्टि दैनिकको अध्यक्ष तथा प्रधानसम्पादककी जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्