झापामा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

झापामा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

विराटनगर । झापाको दमक नगरपालिका-१० स्थित भित्रि सडक खण्डमा ट्रयाक्टर अनियन्त्रित भई पल्टिदा १ जनाको मृत्यु भएको छ ।

बुधबार बेलुका करिब ५ बजे सिमेन्ट बोकेको मे.१त ३७४६ नम्वरको ट्याक्टर अनियन्त्रीत भई पल्टदा ईन्जिनको भागले किची घाईते भएका सोहि ट्रयाक्टरमा सहयोगीको रुपमा काम गर्ने झापा दमक नगरपालिका-८ बस्ने २३ बर्षीय विकास ताजपुरियाको एडभान्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना बारेमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्