विराटनगर । ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका-११ लक्ष्मीमार्ग मिलन चोक बस्ने ४५ वर्षीय कुल बहादुर बिकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बिकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी डाँगिहाट भाउन्नेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटना बारेमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको जनाएको छ ।