विराटनगरमा ‘सेन्ट्रल भिक्ट्री न्यु ईयर २०७९ ’ कन्सर्ट हुने

विराटनगरमा ‘सेन्ट्रल भिक्ट्री न्यु ईयर २०७९ ’ कन्सर्ट हुने

विराटनगर । नेपालीहरुको नयाँ बर्षलाई लक्षित गर्दै विराटनगर मेन रोडमा रहेको सेन्ट्रल मलमा ‘सेन्ट्रल भिक्ट्री न्यू ईयर २०७९’ कन्सर्ट हुने भएको छ ।

भिक्ट्री स्पाईसेज मसलाले आयोजना गर्न लागेको सांगितिक कार्यक्रममा विभिन्न कलाकारहरुको प्रस्तुति रहने जनाईएको छ । आँउदै गरेको नयाँ बर्षलाई भव्य र सफल बनाउनको लागी सेन्ट्रल मलमा सांगितीक कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रममा ‘डान्स च्याम्पियन २०७८’ को विजेता टिम ‘सुबर शिखा ग्रुप’को सामुहिक नृत्य , बाल गायक प्रितम आचर्य, सिक्मिका विट बस्कसर सोनाम लेनो लेप्चा , डान्सर तथा आर्टिस नविना रोक्का, भाईरल हुड डान्स स्टुडियोको सामुहिक डान्स र आयात युटुव च्यानलको समेत प्रस्तुती रहने जनाइएको छ ।

कोरोना कहरका कारण झन्डै दुई बर्ष सम्म स्थगित भएका सांगितीक कार्यक्रमहरु जनजिवन सामान्य बन्दै गएपछि सांगितीक कार्यक्रम गर्न लागीएको भिक्ट्री स्पाईसेज मसला उद्योगका संचालक तथा कार्यक्रम संयोजक नर्सिङ वशंल अग्रवालले जानकारी दिए । यही चैत्र २६ गते शनिबार विराटनगरको सेन्ट्रल मलमा ‘सेन्ट्रल भिक्ट्री न्यु ईयर २०७९ ’ कन्सर्ट गर्न लागिएको अग्रवालले बताउनुभयो ।

यस कार्यक्रमको अनलाईन मिडिया पार्टनर आवर विराटनगर रहेकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्