झापाको दमकमा नेपालको चर्चित सांगीतिक ब्याण्ड “नेपथ्य” को कन्सर्ट हुदै

झापाको दमकमा नेपालको चर्चित सांगीतिक ब्याण्ड “नेपथ्य” को कन्सर्ट हुदै

विराटनगर चैत्र २४ ,

आगामी बैशाख १ गते अर्थात् नयाँ वर्षको दिन नेपालको चर्चित सांगीतिक ब्याण्ड "नेपथ्य" ले आफ्नो सांगीतिक प्रस्तुति झापाको दमकमा गर्ने भएको छ । दमकको ‘इँटाभट्टा स्कुल’ अर्थात् सरस्वती माध्यमिक विद्यालयको प्रांगणमा नेपथ्यले आफ्नो प्रस्तुति गर्न लागेको हो । स्थानीय ‘नेपाली टच’ र ‘ध्रुवतारा स्पोर्टिङ क्लब’ ले उक्त कार्यक्रम आयोजना गर्ने भएको हो ।

कन्सर्टको टिकट विक्रीका निम्ति दमकबाहेक काँकडभिट्टा, बिर्तामोड, उर्लाबारी, इटहरी, पथरी, लेटाङ, धरान, बिराटनगर, गौरादह र दुधेमा समेत विक्री केन्द्र राखिएका छन् । स्थानीय आयोजकका अनुसार टिकटको मूल्य भने एक हजार रुपैयाँ राखिएको छ । अनलाइन टिकट को निम्ति www.thuprai.com/nepathya  मार्फत व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्