झापाको मेचीनगरबाट प्रतिबन्धीत लागुऔषध सहित १ जना पक्राउ

झापाको मेचीनगरबाट प्रतिबन्धीत लागुऔषध सहित १ जना पक्राउ

विराटनगर । झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचि पुलबाट प्रतिबन्धीत लागुऔषध ब्राउनसुर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिका-९ का २५ बर्षीय राजिव रायमाझि रहेका छन् । बिहिबार दिउँसो १२ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरीले टोलीले चेकजाँचको क्रममा रायमाझिको साथबाट ८० ग्राम प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर बरामद गरेको हो ।

पक्राउ परेका रायमाझिको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्