विराटनगर वडा १२ मा वडाध्यक्षको आकांक्षी धेरै

विराटनगर वडा १२ मा वडाध्यक्षको आकांक्षी धेरै

विराटनगर । बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि विराटनगर-१२ को वडाध्यक्षमा आंकाक्षीहरु धेरै देखिएका छन् ।

नेपाली कांग्रेसबाट ६ जना आकांक्षी देखिएको छन् । नेकाबाट आकांक्षीमा श्याम कामत, श्याम राजवंशी, हरि यादव, हरि भट्टराई, मुना बुढाथोकी र ज्ञानेन्द्र खड्का छन् । यस्तै जनता समाजवादीबाट नौ जना आकांशी छन् । जसपाका नौ आकांक्षीमा कृष्णकुमार भण्डारी, हिरालाल कामत, वीरेन्द्र कामत, रामानन्द यादव, कुशेश्वर राजवंशी, शशिकान्त कामत,सुमन ढकाल, अरविन्द मण्डल र वैजनाथ भण्डारी छन् ।

यस्तै नेकपा एमालेबाट भोला बराल राधेश्याम कट्टेल, तुलसी शाह र भुमा पाठक छन् । नेकपा माओवादीबाट सन्तोष चापागाईं वडाध्यक्षका लागि कांग्रेस र जसपाले भेला गरी आकांक्षी उम्मेदवारको नाम संकलन गरिसकेका छन् । एमालेको भने शुक्रबार आकांक्षीको नाम छनोट गरिने जनाइएको छ । अध्यक्षका उम्मेदवारका आकांशी हिरालाल कामत वर्तमान वडाध्यक्ष हुन् भने पाठक वडा सदस्य हुन् ।

आजको यो समाचार उद्घोष दैनिकमा प्रकाशित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्