युवा नेता घिमिरेद्वारा वडा अध्यक्षमा उम्मेदवारी घोषणा

युवा नेता घिमिरेद्वारा वडा अध्यक्षमा उम्मेदवारी घोषणा

विराटनगर । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विद्यार्थी आन्दोलनका लोकप्रिय एवम् प्रभावशाली विद्यार्थी नेता जोसेफ घिमिरेले वडा अध्यक्षमा उम्मेदवारी घोषणा दिएका छन् ।

लामो समयदेखि विद्यार्थी राजनीतिमा होमिएका जोसेफ घिमिरेले शुक्रबार बुढीगंगा गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा दिएका हुन् । नेकपा एमालेको भातृसंगठन अनेरास्ववियु मोरङका निवर्तमान उपाध्यक्ष घिमिरेले उम्मेदवारी घोषणा दिए लगत्तै युवाहरू राजनीतिमा उदाउनु भन्ने भनाईले सार्थकता पाउने भएको छ । राजनीतिक बाहेक सामाजिक संस्थामा आवद्ध भई समाज सेवा गर्दै आएका छन् । अब वडा अध्यक्ष भएर जनाताको सेवा गर्ने तिव्र ईच्छा आकांक्षा र आत्मविश्वास रहेको घिमिरेले बताए ।

एक जना युवा भन्छन् सहयोगी भावना रहेको,दुर दृष्टि भएको, एक कुशल नेतृत्वकर्ताको रुपमा घिमिरे रहेका छन् । मैले अवसर पाए भने वडाको मुहार नै फेरि दिनेछु! त्यसका लागि अहिले देखि नै रणनीतिक योजना बनाउन थाली सकेको छु । युवाहरु विदेश जाने मात्रै होईन अब देश विकासको कार्यमा पनि अगाडि बढ्न आजको आवश्यकता रहेको घिमिरे बताउछन् ।

एउटा कुशल नेतृत्वकर्ताले जिम्मेवारी पायो भने मात्र उसले विकास गर्दछ । अहिलेको अवस्था हेरी तपाईहरुले आफैंले पनि छुट्याउन सक्नु हुन्छ कि कस्तो नेतृत्वले जिम्मा पायो भनेर अब कस्तो नेतृत्वलाई जिम्मा दिने भनेर विचार पुर्याउनु होला ! त्यो तपाईको हातमा रहेको छ आफ्नोलाई होईन राम्रो र कुशल नेतृत्वकर्तालाई जिम्मेवारी दिन सम्पुर्ण वडावासीलाई घिमिरेले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्