बाघको आक्रमणबाट बेपत्ता भएका वृद्धको शव भेटियो

<span class='c1'>बाघको आक्रमणबाट बेपत्ता भएका</span> <span class='c2'>वृद्धको शव भेटियो</span>

चितवन । बाघको आक्रमणबाट बेपत्ता भएका वृद्धको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका– १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो । उनको शव जितपुरघाटमा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः ०५ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण थियो । बाघले आक्रमण गरेर लगेपछि धमलाको खोजीका कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो । शव ११ः २० बजे भेटिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्