विराटनगर । नोवेल अस्पतालमा कार्यरत डा. विजय यादवको हत्या भएको भन्दै दोषीउपर कारबाहीको मागसहित विराटनगरमा प्रदर्शन गरेका छन् । मृतकका आफन्त र स्थानीय बासिन्दाहरुले शनिबार प्रदर्शन गरेका हुन् ।
उनीहरूले हत्यामा संलग्नलाई कारावही गरिनुपर्ने, घटनाको अनुसन्धान गरि दोषीलाई सार्वजानिक गरिनुपर्ने माग राख्दै विराटनगरको रोडशेष चौकदेखि निकालिएको प्रदर्शन जलजला मोडको परिक्रममा गरी बुधहाट चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
उनीहरूले ‘केस मोड्न पाइदैन, दोषी छोड्न पाइदैन, पिडितलाई न्याय दे लगायतको प्लेकाडसहित प्रदर्शनमा सहभागी भएका थिए ।
डा. विजय यादव न्याय संघर्ष समितिले शनिबार मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज निरौलालाई ज्ञापन पत्र पनि बुझाएका छन् । संघर्ष समितिका संयोजक हिरा यादवले घटनाको गहन अनुसन्धान गरि दोषीलाई कारवाहीको दायारमा ल्यानुपर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको उनले बताए ।
सप्तरीको बिष्णुपुर गाउँपालिका १ खुरहुरिया घर भएका यदुनन्दन यादवका एकमात्र छोरा डा. विजय गत शनिबार शंकास्प्द अवस्थामा विराटनगरस्थित डेरामा मृत फेला परेका थिए । परिवार आफन्तले योजनाबद्ध तरिकाले उनको हत्या भएको आरोप लगाएका छन् ।
उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने र दोषीलाई कडा कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।
मोरङ प्रहरीले घटनाबारे अनुसन्धानको लागी ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
तस्बिर :प्रेम देवान/ओबी