इलाममा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

<span class='c1'>इलाममा हात्तीको आक्रमणबाट</span> <span class='c2'>एक जनाको मृत्यु</span>

इलाम । इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

चुलाचुली गाउँपालिका–३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । बिहान मर्निङ वाकमा निस्किएका उनलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो ।

बिहानै हात्तीले आक्रमण गरेपछि उपचारका लागि उनलाई झापाको दमकस्थित एड्भान्स अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जङ्गाबहादुर थापाले बताए । घरबाट करिब दुई सय मिटर टाढा उनलाई हात्तीले आक्रमण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्