पाँचथरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

पाँचथरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका-७ स्थित मेची राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

शनिबार राती करिब ९ बजे ताप्लेजुङबाट फिदिम तर्फ आउँदै गरेको ना.२ख ८३१६ नम्वरको ट्रक अनियन्त्रित भई सडकको भित्तामा ठक्कर लागि सडकमा पल्टी दुर्घटना हुँदा ट्रकले च्यापिई चालक पाँचथर फालेलुङ गाउँपालिका-१ बस्ने २७ बर्षीय प्रेम कुमार गौलीको घटना स्थलमा नै मृत्यु भएको हो ।

घटना स्थलमा तत्काल जिल्ला प्रहरी कार्याल पाँचथरबाट प्रहरी टोली खटि ट्रकलाई जेसिविको सहयोगमा उठाई मृतक लाशको कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथर पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्