विराटनगरमा जारी विराट टेड्र एक्स्पोमा ४० करोडको कारोबार ३ लाखले गरे अवलोकन

विराटनगरमा जारी विराट टेड्र एक्स्पोमा ४० करोडको कारोबार ३ लाखले गरे अवलोकन

विराटनगर । विराटनगरमा जारी विराट टेड्र एक्स्पो २०२२ आईतबारबाट सकिएको छ । मोरङ व्यापार संघले आयोजना गरेको १० दिने विराट टेड्र एक्स्पो २०२२ गत चैत्र १८ गतेबाट सुरु भएको थियो ।

विराटनगर २ स्थित विराट नर्सिङ होम पुर्व खाली जमिनमा आयोजना गरिएको एक्सपोमा झन्डै ३ लाख बढी अवलोकन कर्ताहरुले भिजिट गरेका थिए ।

समापन कार्याक्रममा बोल्दै मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले यस पटकको एक्सपोले कोरोना कहरका कारण थलिएको २ बर्ष सम्म व्यापार व्यावसायमा भने केही राहत मिलेको बताउनुभयो ।

१० दिन सम्म जारी एक्सपोमा झण्डै ४० करोडको कारोबार र साढे ३ लाखले अवलोकन गरेको अध्यक्ष रिजालले बताउनुभयो । एक्सपोको समापन कार्यक्रममा उद्योगी व्यावसायीहरुले विराटनगरमा प्रर्दशनी स्थल बनाउन राज्यसँग माग राखेका छन् ।

समापन कार्यक्रममा उद्योगीहरुले विराटनगरमा प्रदर्शनी स्थल नहुदा समस्या भएको बताएका थिए । समापन कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्र राईले सरकारले कुशल व्यवस्थापकको भुमिका निर्वाह गर्दै नीजि क्षेत्रलाई आवश्यक सहयोग गर्ने बताउनुभयो ।

मुख्यमन्त्री राईले ऐन, नियम र शान्ति सुरक्षा सुव्यवस्थापन कायम गरेर सरकारले उद्योगी-व्यावसायीलाई सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले राष्ट्रिय पूँजीको विकास र आर्थिक गतिविधिलाई चलायमान बनाउन यस्ता व्यापार मेलाहरु ठुलो सहयोग पु¥याउने उद्घोष गर्नुभयो ।

एक्स्पोमा आयोजकले यसपटक लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिल जस्ता अन्तराष्ट्रिय संरचनाको नमुना राखेर आकर्षण थपेको थियो ।


फोटो खिच्न मन पराउनेहरुका लागि सेल्फी जोन र साहसिक खेलहरू पनि रहेका थिए ।

१० दिन चलेको एक्स्पोमा नेपालसँगै भारत, बंगलादेश र पाकिस्तानका उत्पादनहरुसमेत बिक्री वितरणमा राखिएको थिए ।

एक्स्पोमा दर्शकलाई मनोरञ्जन प्रदान गर्नको लागी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारबाट सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम गरिएको थियो ।

समापनको आज अन्तिम दिन नेपालको ख्याती प्राप्त चर्चित व्याण्ड १९७४ एडी एडडिन प्रदानको व्याण्डको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्