अग्रवाल परिवारका दुई बहिनीलाई अंसारीले दिए उच्च शिक्षा पढाई खर्च

अग्रवाल परिवारका दुई बहिनीलाई अंसारीले दिए उच्च शिक्षा पढाई खर्च

विराटनगर । विराटनगर ९ का युवा व्यावसायी पप्पु अन्सारीले अग्रवाल थरका दुई दिदिबहिनीलाई उच्च शिक्षा पढाईका निम्ति खर्च सहयोग गर्ने भएका छन् ।

अन्सारी रोयल ब्रियानी हाउसका सञ्चालक समेत हुन् । विराटनगर–९ का १७ वर्षिया खुशी अग्रवाल र १९ वर्षीया खुस्बु अग्रवालको स्नातक तहसम्मको पढाई खर्च व्याहोर्ने भएका हुन् । कक्षा १२ देखि नै पढाईको खर्च बेहोर्दै आएका अन्सारीले आगामी दिनको उच्च शिक्षाको जिम्मेवारी पनि आफैले लिने प्रतिवद्धता जनाएका छन् । एसईई दिएर अध्ययन गर्न चहाने विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गर्दै गर्दा भेटिएका खुस्बु र खुशीले पनि आफूहरु खर्च अभावका कारण पढ्नबाट वञ्चित हुने अवस्था आएको भनाई राखेसँगैे उनीहरुको पढाईका निम्ति सहयोग गरेका अन्सारीले बताए ।

‘एसईई सकेर बसेको विपन्न र पढाईमा अब्बल विद्यार्थीहरुलाई ‘छात्रावृती ’ दिने घोषणा गर्दै गर्दा मैले उहाँहरुलाई भेटेको हो, उनीहरुले पनि आफूहरु खर्च अभावले पढ्ने वातावरण नभएको सुनाएपछि मैले उनीहरुलाई १२ सम्म पढाउछु भनेको थिए,’ उनी सुनाउँछन्, ‘र उहाँहरुको पढाई राम्रो छ एकजनाले १२ पास गरिसक्नुभयो्, अर्को बहिनीले बाँकी छ उहाँहरुले पढ्न चाहानु भएको छ । सकेको सहयोग गर्ने हो ।’ अ्रन्सारी व्यवसायसँगै सामाजिक काममा पनि अब्बल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्